अलाभेसविरुद्ध रियलको सानदार जित

स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार सुरुआत गरेको छ। शनिबार राति भएको भएको खेलमा करिम बेन्जिमा, भिनिसियस जुनियर र नाचोले गोल गरेपछि रियलले अलाभेसलाई उसकै मैदानमा ४–१ले हरायो।

रियलका लागि बेन्जिमाले २ गोल गरे भने भिनिसियस र नाचोले समान १ गोल गरे । अलाभेसका जोसेलुले गोल गरेका थिए।

पहिलो हाफ बराबरीमा रोकिएको रियलले ४७औं मिनेटमा अग्रता लियो । इडेन हाजार्डको पासमा बेन्जिमाले गोल गरे। ५५औं मिनेटमा नाचोले लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो।

६१औं मिनेटमा बेन्जिमाले पुनः गोल गरेपछि रियलले ३–०को अग्रता लियो। ६४औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै अलाभेसलाई खेलमा फर्काउने प्रयास गरे । रियलका किपर थिवाउट कोर्टुवाले अलाभेसका खेलाडीलाई फाउल गरेपछि उसले पेनाल्टी पाएको थियो।

त्यसपछि निर्धारित समयको अन्तिम मिनेटमा भिनिसियसले गोल गरेपनि रियलले ४–०को जित निकाल्यो। ६५औं मिनेटमा हाजार्डको स्थानमा मैदान प्रवेश गरेका उनले डेबिड अल्बाको पासमा गोल गरेका थिए।

खेलमा रियलले ५९प्रतिशत बल पोजेसन बनाउँदै अलाभेसको पोस्टमा २१ सट प्रहार गरेको थियो, त्यसमध्ये ८ सट अन टार्गेट थियो । यता अलाभेसले ११ सट प्रहार गर्दा ४ सट अन टार्गेट थियो।

ला लिगाकै अन्य खेल बराबरीमा सकिए। मालोर्का र रियल बेटिस तथा कार्डिज र लेभान्टेले समान १–१ गोलको बराबरी खेल्दा ओसासुना र स्पानियोलले गोलरहित बराबरी खेले।