स्पेनिस क्लब रियल मड्रिडका इडेन हाजार्ड र कासिमिरोलाई कोरोना संक्रमण पुष्टी भएको छ । च्याम्पियन्स लिगमा इन्टर मिलानलाई पराजित गरेपछि ला लिगामा भ्यालेसिन्याविरुद्ध खेल्नुअघि गरिएको परीक्षणमा हाजार्ड र कासिमिरोलाई कोरोना संक्रमण देखिएको रियलले जनाएको छ ।
हाजार्ड र कासिमिरोलाई कोरोना संक्रमण देखिए पनि अन्य खेलाडी र कोचिङ स्टाफको नतिजा भने नेगेटिभ आएको रियल जनाएको छ। कोरोना संक्रणम देखिएपछि दुवै खेलाडी सेल्फ आईसोलेसनमा बसेका छन् ।
अब हाजार्ड र कासिमिरो दुवैले भोलि राति हुने भ्यालेसिन्याविरुद्धको खेल गुमाउने छन्। गत सातामात्र रियलका ब्राजिलियन डिफेन्डर इडर मिलिटाओलाई कोरोना संक्रमण पुष्टी भएको थियो।