कोर्टुवाले गरे रियलसँग सम्झौता नवीकरण

बोजिल्यन गोलकिपर थिवाउट कोर्टुवाले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन्। २९ वर्षीय कोर्टुवाले सोमबार रियलसँग ५ वर्षका लागि सम्झौता नवीकरण गरेका हुन्।

अब कोर्टुवा सन् २०२६ सम्म रियलमा रहने छन् । उनी सन् २०१८मा ३५ मिलियन युरोमा इंग्लिस क्लब चेल्सीबाट रियल आएका थिए।

रियलबाट उनले १३० खेल खेल्दै ५२ क्लिनसिट राखेका छन्। रियलबाट उनले एक ला लिगा, एक सुपर कोपा डे स्पाना र एक क्लब विश्वकप उपाधि जितेका छन्।

चेल्सीमा उनले ४ सिजन खेलेका थिए भने एट्लेटिको मड्रिडमा पनि उनले ३ सिजन बिताएका थिए। कोर्टुवाले बेल्जियमका लागि ८९ खेल खेलेका छन्।