खेलाडी बेचेरै रियलले कमायो २ सिजनमा २ सय मिलियन

रियल मड्रिड नाम लिने बित्तिकै खेलाडी किनबेचमा सबैभन्दा खर्चालु क्लबमा रुपमा चिन्ने धेरै छन् । त्यसैले त रियलको टिम हरेक सिजन स्टार खेलाडीले भरिपूर्ण हुन्छ।

त्यही खेलाडी किन्न माहिर मानिएको क्लब रियलले पछिल्ला दुई खेलाडी किन्न कुनै पनि रकम खर्चिएन । यही दुई सिजनमा उसले खेलाडी बेचेर भने मनग्य आम्दानी गरेको छ।

पछिल्लो दुई सिजन यता रियलको टिममा कुनै परिवर्तन छैन । यो दुई सिजनमा रियलले अनुबन्धन गरेका एकमात्र खेलाडी हुन्, डेविड अलबा । त्यो पनि फ्रि ट्रान्सफरमा ।

ठूलो रकम खर्चिएर आफ्नो घरेलु मैदान बर्नाबेउलाई नयाँ स्वरुप दिइरहेको रियलले पछिल्ला दुई सिजनमा खेलाडी बेचेरै २ सय मिलियन युरोभन्दा बढी आम्दानी गरेको छ। रियलले आफ्ना मुख्य डिफेन्डर राफायल भरानेदेखि अचर्फ हाकिमीसम्मलाई महँगो मूल्यमा बेच्यो भने थुप्रै युवा खेलाडीलाई लोनमा पनि पठाएको छ।

यो सिजन रियलले राफेल भरानेलाई ५० मिलियन युरोमा म्यान्चेस्टर युनाइटेडलाई बेच्यो भने मार्टिन ओडगार्डलाई पनि उसले ५० मिलियन युरामै आर्सलनलाई बच्न लागेको छ। यस्तै उसले ब्राहिम डियाजलाई ३ मिलियन लोनमा इटालियन क्लब एसी मिलान पठाएको छ ।

यस्तै, उसले युवा विंगर टाकेफुसा कुबोलाई लोनमा रियल मार्लोका पठाएको छ भने स्ट्राइकर लुका जोभिकलाई पनि लोनमा पठाउने तयारी गरेको छ। सम्भवतः उनी ३ मिलियन युरोमा लोनमा इटालिइन क्लब इन्टर मिलान जाने छन्।

यसैगरी अघिल्लो सिजन पनि रियलले हामिकी, सर्जियो सेगुलिनलगायत खेलाडी बेचेर र ग्यारेथ बेल, जोभिक, डियाज, कुबोलगायतका खेलाडी लोनमा पठाएर १ सय मिलियन भन्दा बढी आम्दानी गरेको थियो।

रियलले डिफेन्डर हाकिमीलाई ४५ मिलियन युरोमा इटालियन क्लब इन्टर मिलानलाई बेचेको थियो भने अर्का डिफेन्डर रेगुलिनलाई ३० मिलियन युरोमा इंग्लिस क्लब टोटनहमलाई बेचेको थियो। यस्तै उसले ओस्कार रोड्रिग्वेजलाई १३.५ मिलियन युरोमा सेभियालाई बेचेको थियो।

अघिल्लो सिजन रियलले बेललाई टोटनहममा १२ मिलियन युरोमा लोनमा पठाएको थियो भने जाभी सान्चेजलाई ३ मिलयनमा रियल भालाडोलिडमा, कुबोलाई मिलियन युरोमा भिल्लारियलमा, ड्यानी गोमेजलाई लेभान्टेमा, अल्र्वेटो सोरोलाई ग्रानडामा र जर्ज डे फ्रुट्सलाई लेभान्टेमा २.५ मिलियन युरोमा लोनमा पठाएको थियो।