असेन्सियो पेनाल्टीमा चुक्दा रियल पराजित

Read Time:1 Minute

स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। आइतबार साँझ भएको खेलमा मार्को असेन्सियो पेनाल्टीमा चुक्दा रियल रियल मालोर्कासँग १–०ले पराजित भयो।

भ्यालेन्यिाविरुद्धको खेलेको टिमा ५ परिवर्तन गरेको रियलविरुद्ध मालोर्काले १३औं मिनेटमै अग्रता लियो । १३औं मिनेटम रियलका कप्तान नाचोले आफ्नै पोस्टमा गोल गरेका थिए।

६०औं मिनेटमा गोलको सुन्दर अवसर पायो । डिबक्समा मालोर्काका किपरले भिनिसिय जुनियरलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा असेन्सियो गोल गर्न चुके । उनको प्रहार गोलकिपरले रोकेका थिए।

खेलमा रियलले ७४ प्रतिशत बल पोजेसन बनाउँदै मालोर्कालाई दबाबमा राखेपनि गोलका राम्रो अवसर भने सिर्जना गर्न सकेन। उसले २० सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।

यो हारसँगै रियलले बार्सिलोनासँग अंक दुरी घटाउने अवसर गुमाएको छ। रियल २० खेलमा ४५ अंक जोड्दै दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ५० अंकसहित दोस्रो स्थानमा छ। मालोर्का भने २८ अंकसहित १०औं स्थानमा छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्तर्राष्ट्रिय टेबलटेनिसको उपाधि नवीता र विनेशलाई
Next post थ्री स्टारका स्ट्राइकर डोना थापा फ्रेन्ड्समा
Close