°
, May 30, 2023 in

ला लिगामा रियलको दोस्रो हार, गुमायो शीर्ष स्थानमा उक्लने अवसर

SHARE:

स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिड भिल्लारियलसँग २–१ले पारजित भयो।

भिल्लारियलको यो हार रियलको जारी सिजन ला लिगाको दोस्रो हार छ । यो हारसँगै उसले बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्ष स्थानमा छ। भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।

भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गर्दा रियलका लागि करिम बेन्जेमाले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औं मिनेटमा भिल्लारियलले अग्रता लियो। उसका यारेमी पिनोले गोल गरेका थिए। ५६औं मिनेटमा रियलले बराबरी गोल फर्कायो। भिनिसियसको प्रहार जुआन फोएथको हातमा लागेपछि रियलले पाएको थियो । सो अवसरलाई बेन्जिमाले गोलमा परिणत गरे।

तर, रियलको त्यो बराबरी लामो समय टिकेन। ६३ औं मिनेटमा मोरेनाले पेनाल्टीमा गोल गर्दै भिल्लारियललाई २–१ को अग्रता दिलाए। डेभिड अलबाले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मोरेनोले गोल गरे। त्यसपछि खेलमा गोल नहुँदा भिल्लारियल २–१ले विजयी भयो।

SHARE: