सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियलले बार्सिलोनामाथि २–१को जित निकाल्यो ।
बार्सिलोनाविरुद्ध रियललाई जित दिलाउन डेभिड अलाबा र लुका भास्क्वेसले गोल गरे भने बार्सिलोनाका लागि सर्जियो अगुएरोले गोल गरे। खेलको ३२औं मिनेटमा डेभिड अलाबाको गोलमा रियलले अग्रता लियो । एल क्लासिकोमा डेभ्यू गरिरहेका अलाबाले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी समयमा भास्क्वेसले गोल गर्दै क्याम्प नाउमा रियललाई २–०को अग्रता दिलाए । उलने मार्को असेन्सियोले प्रहार गरेको बार्सिलोनाका किपर मार्क आन्द्रे टेरस्टेगनले रोकेपछि आएको रिबाउन्डमा गोल गरेका थिए । इन्जुरी समयको सातौं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। उनले सर्जिनो डेस्टको क्रसमा गोल गरेका थिए।
एल क्लासिकोमा रियलको लागतार तेस्रो जित हो । अघिल्लो सिजको दुवै एल क्लासिकोमा रियल विजयी भएको थियो ।
यो जितसँगै रियल ला लागिको शीर्ष स्थानमा उक्लिएको छ। रियलको ९ खेलमा २० अकं छ । रियलले ९ खेलमै २० अंक नै जोडेका सेभिया र रियल सोसिडाडलाई पछि परेको छ । सोभिया दोस्रो र सोसिडाड तेस्रो स्थानमा छ। १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ।
ला लिगाअन्तर्गत आइतबार राति नै भएको अन्य खेलमा सेभियाले लेभान्टेमाथि ५–२को जित निकाल्दा एथ्लेटिको क्बलले भिल्लारियललाई २–१ले हरायो । यस्तै, इल्चे र स्पानियोलले २–२ गोलको बराबरी खेले।