साउदी अरेबियामा जारी स्पेनिस सुपरको उपाधिका लागि रियल मड्रिड र एथ्लेटिको बिल्बओ भिड्ने भएका छन् । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा एट्लेटिको मड्रिडमाथि २–१को जित निकाल्दै बिल्बाओ फाइनल पुगेसँगै रियल र बिल्बाओको उपाधि भिडन्त पक्का भएको हो।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बिल्वाओको जितमा यारे अल्भारेज र निको विलियम्सले गोल गर्दा एट्लेटिकोले एक गोल उपहार पाएको थियो।
६२औं मिनेटमा गोलरक्षक युनाई सिमोनको आत्मघाती गोलबाट एथ्लेटिकोले सुरुवाती अग्रता लिएको थियो। ७७औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले इकर मुनिएनको पासमा गोल गरेका थिए। त्यसपछि ८१औं मिनेटमा निको विलियम्सले ड्यानी गार्सियाको पासमा गोल गर्दै बिल्वाओलाई जित दिलाए ।
रियल बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनल आइतबार राति हुनेछ।