ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियर चम्किएपछि रियल मड्रिड हारबाट जोगिएको छ। आइतबार राति भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै २ गोल गरेपछि रियलले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो।
खेलमा रियलमा लागि भिनिसियसले २ गोल गरे भने अर्को ग्यारेथ बेलले गरे। लेभान्टेका रोजर मार्टी, जोसे क्याम्पाना र सुअरेज पियरले गोल गरेका थिए।
खेल अग्रता भने रियलले रिलयो । खेलको पाँचौं मिनेटमै करिम बेन्जिमाको पासमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले रियललका लागि सन् २०१९ पछि गोल गरेका हुन्।
पहिलो हाफमा १ गोलले पछि परेको लोभान्टेले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेललाई बराबरीमा ल्यायो। ४६औं उसका मार्टीले गोल गरेका थिए । ५७औं मिनेटमा क्याम्पनाले गोल गर्दै रियलविरुद्ध लेभान्टेलाई अग्रता दिलाए ।
तर, ७३ औं मिनेटमा भिनिसियसले कासिमिरोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७९औं मिनेटमा सुअरेज पियरले गोल गरेपछि लेभान्टेले खेलमा पुनः अग्रता लियो । ८५औं मिनेटमा भिनिसियले बेन्जिमाको पासमा गोल गर्दै रियललाई हारबाट जोगाए।
खेलको ८७औं मिनेटमा फर्नान्डेसले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। यो बराबरीसँगै २ अंक बनाएको लेभान्टे आठौं स्थानमा छ भने चार अंक जोडेको रियल दोस्रो स्थानमा छ।