°
, June 2, 2023 in
0

सोसिडाडसँग रोकियो रियल

SHARE:

डिफेन्डिङ च्याम्पियन्स रियल मड्रिड स्पेनिस ला लिगाको पहलिो खेलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

इडेन हाजार्ड, मार्को ओसेन्सियो, इस्को, लुकास भास्क्वेजलगायतका खेलाडी पूर्वरुपमा फिट नहुँदा केही नयाँ खेलाडीलाई मौका दिएको रियल फिनिसिङमा चुक्दा पहिलो खेलमा जित निकाल्न असफल भयो ।

सोडिसाडको मैदानमा भएको खेलमा दुवै टिमका किपरले उत्कृष्ट प्रदर्शन गरेका थिए । करिम बेन्जिमा केही प्रहार सोसिडानका किपरले उत्कृष्ट बचाउ गरेका थिए भने सोसिडाडका अलेक्जेन्डर इसाकले वान टु वानमा प्रहार गरेको बल थिवो कोर्टुवाले उत्कष्ट बचाउ गर्दै रियललाई जोगाएका थिए ।

खेलमा प्रशिक्षक जिनेदिन जिदानले आइतबार दुई युवा खलाडीलाई डेब्यू गराए भने अघिल्लो सिजन सोसिडाडमै लोनमा बिताएका मार्टिन ओडगार्टलाई सुरुवातमै मैदान उतारेका थिए । दुई युवा विंगर २० वर्षीय मार्विन ओलावाले र १८ वर्षीय सर्जियो अरिबासले ला लिगामा डेब्यू गरे । उनीहरुले रोड्रिगो र भिनिसियस जुनियरलाई रिप्लेस गरेका थिए ।

यस्तै भेट्रान मिडफिल्डर डेभिड सिल्भाले पनि १० वर्षपछि ला लिगमा पुनरागमन गरे । उनी १० सिजन इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा बिताएर यसैसिजन सोसिडाड फर्किएका हुन् ।

सोसिडाडले लगातार दोस्रो बराबरी खेल्यो । सोसिडाडले यसअघि रियल भाल्लाडोलिडसँग बराबरी खेलेको थियो ।

यसैगरी ला लिगाकै अन्य खेलमा ग्रानाडा र रियल बेटिसले लगातार दोस्रो जित हात पारेका छन् । ग्रानाडाले अलाभेसलाई २–१ ले पराजित गर्दा बेटिसले रियल भाल्लाडोलिडलाई २–० ले हरायो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *