सेभियासँग रोकियो रियल, ला लिगमा उपाधि भिडन्त रोचक

स्पेनिस ला लिगामा उपाधि दाबेदार टिम रियल मड्रिड बराबरीमा रोकिएको छ। ला लिगाअन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल सेभियासँग २–२ गोलको बराबरीमा रोकिएका ेछ।

बराबरीसँगै रियलले लागि लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । जित निकालेको भए एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै रियल शीर्ष स्थानमा उक्लिने थियो। बराबरी पछि ७५ अंकका साथ रियल दोस्रो स्थानमा छ, शीर्ष स्थानमा एट्लेटिकोको ७७ अंक छ।

लिगका तीन चरणका मात्र खेल बाँकी रहँदा ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ। शीर्ष चारमा रहेका टिमबीचको भीड बराबरीमा सकिएपछि उपाधि होड रोमाञ्चक बनेको हो। बाँक तीन खेलमध्ये एक खेलमा एट्लेटिकोले अंक गुमायो भने रियल र बार्सिलोनलाई उपाधि जित्ने अवसर हुने छ।

खेलमा रियलका मार्को ओसेन्सियो र इडेन हाजार्डले गोल गरे भने सेभियाका फर्नान्डो र इभान राकाटिचले गोल गरेका थिए। फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभियालाई सुरुआती अ्रगता दिलाए ।

पहिलो हाफमा दबाबमा परेको रियलले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्यो । खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इकाटिचले सेभियालाई २–१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।