गोलकिपर थिवाउट कोर्टुवाले उत्कृष्ट प्रदर्शन गरेपछ िरियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा बुधबार राति भएको खेलका रियल भ्यालेन्सिायलाई पेनाल्टी सुटआउटमा ४–३ले हराउँदै फाइनल पुगेको हो।
निर्धारित समय र थप गरिएको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा रियलका करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियाले गोल गरे।
भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गर्दा इरे कमर्टको प्रहार बाहिरएको थियो भने जोशे गायाले प्रहार कोर्टुवाले रोकेका थिए।
किङ फाद इन्टरनेसनल स्टेडियममा ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियललाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्किय । ४६औं मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त हुँदै टाइब्रेकरमा गएको थियो।
अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ।