°
, June 7, 2023 in

भिनिसियस र भाल्भर्डे चम्किँदा रियलले जित्यो क्लब विश्वकप

SHARE:

भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डे चम्किएपछि स्पेनिस जाइन्ट बार्सिलोनाले क्वब विश्वकप उपाधि जितेको छ। शनिबार राति मोरक्कोमा भएको फाइनलमा रियलले साउदी क्लब अल हिलालमाथि ५–३को जित निकाल्दै पाँचौं पटक क्लब विश्वकप उपाधि उचाल्यो।

रियललाई पाँचौं उपाधि दिलाउने क्रममा भिनिसियस र भाल्भर्डेले समान २ गोल गर्दा करिम बेन्जिमाले १ गोल गरे । अल हिलालका लुसियानो भेट्टोले २ तथा मोउसा मेरेगाले १ गोल गरे।

खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। १८ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे।

२६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो।

५४ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए। ५८ औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४(१ को स्थितिमा पुर्‍याए।

६३ औं मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए। तर ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरे।

७९ औं मिनेटमा लुसियानो डारियो भिट्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

रियलले कीर्तिमानी पाँचौं पल्ट क्लब विश्वकपको उपाधि जितेको हो। रियलले सन् २०१४, २०१६, २०१७ देखि २०१८मा उपाधी जितेको थियो ।

सन् २०२५ देखि फिफाले क्लब विश्वकपको संरचना परिवर्तन गरी विश्वकपजस्तै विश्वभरबाट टिम छनौट गरी ३२ टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको छ । हरेक चार वर्षमा आयोजना हुने सो प्रतियोगिताको पहिलो संस्करण मोरक्कोमा हुनेछ।

SHARE: