म्यान्चेस्टर सिटीका युवा स्टार रियल म्याड्रिडमा

स्पेनिस जाइन्ट रियल म्याड्रिडले इंग्लिस क्लब म्यान्चेस्टर सिटीका युवा स्टार ब्राहिम डियाजलाई विन्टर ट्रान्सफरमा क्बलमा अनुबन्धन गरेको छ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि खराब प्रर्दशन गरिरहेको रियल म्याड्रिडले आफ्नो टिमलाई बलियो बनाउन सिटीका स्पेनिस युवा स्टार ब्राहिम डियाजलाई क्लबमा भित्र्याएको हो ।

१९ वर्षीय डियाजलाई क्लबमा भित्र्याउन रियल म्याड्रिलले १५ मिलियन युरो खर्च गर्‍यो । रियलले डियाजलाई प्रतिवर्ष ३.५ मियलियन युरो दिने छ ।

सन् २०१० देखि १३ सम्म स्पेनिस क्लबमा मालागामा बिताएका डियाज सन् २०१३ मा सिटीको युथ टिममा आबद्ध भएका थिए ।

५ फिट ७ इन्च अग्ला मिडफिल्डर डियाज जुनसुकै पोजिसनमा खेल्न सक्ने खुबी राख्छन् । उनको अर्को विशेषता भने दुवै चलाउन सक्नु हो ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीको सिनियर टिमबाट १४ खेल खलेका डियाजले २ गोल गरेका छन् । उनले सन् २०१७ डिसेम्बर १९ मा लेसेस्टर सिटीविरुद्ध गर्दै सिनियर टिममा डेब्यू गरेका थिए । डियाजले यस सिजन सिटीबाट ५ खेल मात्र खेल्ने मौका पाएका छन् ।

डियाजले स्पेनको युवा टिमबाट पनि खेलिरहेका छन् । उनले यू–१७, यू–१९ बाट १०–१० खेल खेल्दै ४ गोल गरेका छन् । यस्तै डियाजले यू–२१ बाट पनि स्पेनको प्रतिनिधित्व गरिसकेका छन् ।