सचिनलाई आउट गरेपछि मार्ने धम्की आयो : टिम ब्रेसनेन

भारत र इंग्ल्यान्डबीचको टेस्ट म्याचका क्रममा मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई आउट गरेपछि आफूलाई ज्यान मार्ने धम्की आएको इंग्लिस फास्ट बलर टिम ब्रेसेननले बताएका छन् । ओभलमा सन् २०११ मा भएको भएको सिरिजको चौथो टेस्टको दोस्रो इनिङमा सचिनलाई ९१ रनमा आउट गरेपछि आफूलाई ज्यान मार्ने धक्मी आएको ब्रेसननले बताएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय शतक नजिक पुगेका सचिनलाई एलबिडब्लु धरापमा पारेपछि ब्रेसननलाई यस्तो धम्की आएको थियो । ब्रेसननले एक अन्तर्वार्ताका क्रममा आफूमात्र नभई एलबिडब्लु आउट दिने अस्ट्रेलियन अम्पाएर रोड टकरलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

सन् २०११ को विश्वकपमा दक्षिण अफ्रिका विरुद्ध सचिनले ९९औं अन्तर्राष्ट्रिय शतक बनाएका थिए । ओभलमो भएको चौथो टेस्टमो दोस्रो इनिङमा सचिन शतकको सेन्चुरी नजिक थिए, तर ब्रेसननको बल ९१ रनमा खेलिरहेका सचिनको प्याडमा लाग्यो । अम्पार टकरले चोरी औंला उठाए र एलबिडब्लु आउटको इसारा गरे । त्यसपछि सचिनको शतकको सन्चुरी बनाउने सपना केही पर सरेको थियो ।

ब्रेसननले भनेका छन्, ‘त्यो बल सायद लेग साइडबाट बाहिर गइरहको थियो । तर, अम्पायर टकरले आउट थिए । त्यो आउट नदिएको भए सादय सचिनले शतक बनाउने थिए । तर, सचिन आउट भएसँगै खेल हामीले जित्या र सिरिजमा कब्जा जमाउँदै नम्बर टिम बन्यौं ।’

‘त्यस खेलपछि हामी दुवै (टकर र म)लाई ज्यान मार्ने धम्र्की आयो । एक पटक मात्र होइन, त्यस्तो पटक पटक भयो’, ब्रेसननले भने, ‘मलाई ट्विटरमा त्यस्तो धम्की आएको थियो । टकरलाई एकजनाले चिठी नै पठाएर मार्ने धम्की दिएका थिए । त्यो चिठीमा ‘तिमीले सचिनलाई कसरी आउट दियौ, त्यो बल लेग साइडबाट बाहिर गइरहेको थियो ।’

त्यस्तो धम्की आएपछि टकरले सरकारसँग सुरक्षा माग गर्दै सुरक्षा बढाएको उनले बताएका छन् । खेलको केही महिनापछिको भेटमा टकरलाई यस्तो बताएको ब्रेसननले बताएका छन् । ब्रेसननले इंग्ल्यान्डबाट सन् २००६ देखि २०१५ सम्म खेलेका थिए । सन्यास नलिएपछि उनीले २०२५ यता इंग्लिस टिममा छैनन् ।

अर्को वर्ष अर्थात् २०१२ को एसिया कपमा सचिनले १००औं अन्तर्राष्ट्रिय शतक बनाएका थिए । उनले बंगलादेशविरुद्ध शतक बनाउँदै शतकको शतक बनाएका थिए । सचिनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक प्रहार गरेका छन् ।