रियलमा हाजार्डको पहिलो गोल

बेल्जियन स्टार स्ट्राइकर इडेन हाजार्डले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका छन् । प्रिसिजनका ५ खेलमा गोल गर्न असफल भएका हाजार्डले बुधबार राति भएको खेलमा जर्मन क्लब रेडबुल साल्जबर्गविरुद्ध १९औं मिनेटमा गोल गर्दै रियलमा गोलको खाता खोलेका हुन् ।

रेडबुल एरिना साल्जबर्गमा भएको खेलमा काउन्टर अट्याकमा करिम बेन्जिमाले उपलब्ध गराएको लङपसमा दुई डिफेन्डरलाई छलाउँदै डिबक्स बाहिरबाट हाजार्डले उत्कृष्ट गोल गरे ।

हाजार्ड यसै सिजन इंग्लिस क्लब चेल्सीबाट १ सय मिलियन युरोमा रियल आएका हुन् । अघिल्लो सिजन खराब प्रदर्शनबाट गुज्रिएको रियलले हाजार्डसहित ६ खेलाडी भित्र्याइ सकेको छ । यस्तै, रियलले म्यान्चेस्टर युनाइटेडका पाउल पोग्वा, आयाक्सका डोनी भान डे विक, स्पोर्टि सिपीका ब्रुनो फर्नान्डेसलाई भित्र्याउन खोजिरहेको छ ।

पहिलो हाफको सुरुवातमै गरेको हाजार्डका सोही गोलको मद्दतमा रियलले साल्जबर्गलाई १–०ले पराजित गरेको छ । खेलमा रियलले पूर्ण दबाब कायम गरेपनि थप गोल भने गर्न सकेन् ।

रियलले खेलमा ६२ प्रतिशत पोजेसन बनाएको थियो । उसले साल्जबर्गको पोस्टमा १३ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो । यता साल्जबर्गले भने १३ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो ।

यसैगरी ब्राजिलियन डिफेन्डर इडर मिलिटाओले रियलका लागि डेब्यू गरेका छन् । उनलाई प्रशिक्षक जिदानले पुनः रियल फर्किए लगत्तै पोर्चुगिज क्लब एफसी पोर्तोबाट ५० मिलियन युरोमा अनुबन्धन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP