मैत्रीपूर्ण खेलमा लिभरपुल विजयी

सिजन सुरु हुनुअघिको अन्तिम मैत्रीपूर्ण खेलमा लिभरपुल विजयी भएको छ। सोमबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओससुनालाई ३–१ले पराजित गरेको हो।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। ओसासुनाका किकेले गोल गरेका थिए।

१४औं मिनेटमै लिभरपुलले अग्रता लियो । ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । त्यसपछि फिर्मिनोले २१औं र ४१औं मिनेटमा गोल गरेपछि लिरपुलले पहिलो हाफमै ३–० को अग्रता बनायो । ओसासुनाका लागि ७० औं मिनेटमा किकेले सान्त्वना गोल गरे।

लिभपुलले १४ अगस्तमा नर्विच सिटीसँग खेल्दै इपिएलको सुरुआत गर्ने छ।