आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि ललितपुरे क्लब थ्री स्टारले क्यामरुनी मिडफिल्डर भित्र्याएको छ। थ्री स्टारले शनिबार क्यानमरुनका मिडफिल्डर राफायल बिडिएस रिमलाई अनुबन्धन गरेको छ।
कात्तिक २९ गतेबाट सुरु हुने लिगका लागि थ्री स्टारले पहिलो विदेशी खेलाडीका रुपमा रिमलाई अनुबन्धन गरेको हो । थ्री स्टारले रिमलाई ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि अनबुन्धन गरेको हो।
अफ्रिकन रुट्स एसोसियसनबाट मोफसलका नकआउट प्रतियोगिता खेल्न नेपाल आएका थिए । उनले गत वैशाखमा भएको नेपाल सुपर लिग पोखरा थन्डर्सबाट खेलेका थिए।
थ्री स्टार आसन्न लिगका लागि अधिकांश पुरानै खेलाडीसँग सम्झौता नवीकरण गरेको छ । उसले कप्तान विक्रम लामा, अनन्त तामाङ, संजोग राई, निशान, खड्का, निशान लिम्बूलगायतसँग सम्झौता नवीकरण गरेको छ। यस्तै उसले युवा विंगर आयुष घलान र मिडफिल्डर डोना थापालाइृ अनुबन्धन गरेका ेछ।