°
, June 4, 2023 in

मोरक्कोका रेग्रागुई बने क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिन प्रशिक्षक

SHARE:

उपाधिको दाबेदार मानिएको स्पनेलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्यो। यो, मोरक्को फुटलबमा नयाँ इतिहास त थियो नै, मुख्य प्रशिक्षक वालिद रेग्रागुईले इतिहास रचे।

फिफा विश्वकपको क्वार्टरफाइनल पुग्ने रेग्रागुईले पहिलो अफ्रिकन प्रशिक्षक बनेका छन्। यसअघि तीन अफ्रिकन टिम क्यामरुन, सेनेगल र घाना विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए, तर त्यतिबेला ती टिममा युरोपियन प्रशिक्षक थिए।

यता, कतार विश्वकपमा क्वार्टरफाइनल पुग्ने एक्लो टिम पनि हो, मोरक्को । मोरक्कोका पूर्वखेलाडी समेत रहेका रेग्रागुई गत अगष्टमा मात्र मोरक्कोको प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा गज्जबको फुटबल खेलिरहेको मोरक्का त्यसयता अपराजित छ।

गत अगष्ट अन्तिममा मुख्य प्रशिक्षक भाहिद हालिहोडिचलाई बर्खास्त गरेपछि उनले मौका पाएका हुन्। स्टार खेलाडीहरू हाकिम जियाच र नाउसेर माज्राबीलाई टिम बाहिर राखेपछि संघ र प्रशिक्षकबीच हालिहोडिच विवाद हुँदा उनी बर्खास्तीमा परेका थिए।

हालिहोडिचको बहिर्गमनपछि रेग्रागुई जियाच र मज्रावी दुवैलाई समेट्दै विश्वकपको टिम घोषणा गरेका थिए । र, अहिलेको यो सफलता यी दुई खेलाडी विशेष भूमिका छ।

SHARE: