युवा स्ट्राइकर रेजिन सुब्बाले यो सिजन पनि च्याम्पियन मच्छिन्द्र क्लबाटै ए डिभिजन लिग खेल्ने भएका छन्। मच्छिन्द्रले युवा स्ट्राइकर रेजिनसँग सम्झौता नवीकरण गरेको जनाएको छ।
अघिल्लो सिजन मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउँदा रेजिनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
युवा स्ट्राइकर रेजिनले नेपालको सिनियर टिमबाट डेब्यू गर्न नपाएपनि उनले यू–२३ र यू–१९ टिमबाट खेलिसकेका छन् ।
कात्तिक २९ गतेबाट हुने लिगका लागि मच्छिन्द्रले सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको छ भने युवा स्टार मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।