मछिन्द्रबाट खुमलटार पुगे रेजिन सुब्बा

Read Time:1 Minute

स्ट्राइकर रेजिन सुब्बा नव प्रवेश ए डिभिजन क्लब एफसी खुमलटारमा आबद्ध भएका छन्।

अघिल्लो सिजन लिग च्याम्पियन मछिन्द्रबाट खेलेका रेजिनले नयाँ सिजनका लागि नयाँ क्लब खुलमटार रोजेका हुन्। अघिल्लो सिजन मछिन्द्रलाई लिग च्याम्पियन बनाउन उनको भूमिका महत्वपूर्ण थियो।

त्यसअघि उनले ब्रिगेड बोइज क्लबाट पनि ए डिभिजन लिग खेलेका थिए।

ए डिभिजन लिग नजिकिएसँगै खुमलटारले खेलाडी अनुबन्धनलाई तिब्रता दिएको छ। उसले रोहित सुब्बा, राजिव लोप्चन, जय गुरुङ, शिशिर लेखी, अविशेक चौलागाईं, चाङ थेवे, देल लिम्बू, श्याम मुर्मु, पदम भट्टराईलाई अबुन्धन गरेको छ।

यस्तै, उसले विदेशी खेलाडीका रुपमा मेसुके ओलेमोउ, स्टेफन समिर विनोङ र थियोफिलस अपोहलाई अनुबनधन गरेको छ। यस्तै उसले दक्षिण एसियन कोटामा भारतीय खेलाडी अविशेक वर्मालाई अनुबन्धन गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एनभिए भलिबल च्याम्पियनसिप : महिला र पुरुष दुवैमा एपिएफ तेस्रो
Next post कसले जित्ला एल क्लासिको रियल या बार्सिलाेना?
Close