डिफेन्डिङ च्याम्पियन लिले रोकिँदा मोनाको पराजित

फ्रेन्च लिग वान फुटबलमा डिफेन्डिङ च्याम्पियन लिले बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिले सेन्ट इटिनेसँग १–१को बराबरीमा रोकिएको हो।

खेलमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा लिले अंक बाँड्न बाध्य भएको हो। ३८औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै लिलेलाई सुरुआती अग्रता दिलाए। ८५औं मिनेटमा साइडोउ सोउले गोल गर्दै सेन्ट इटिनेलाई हारबाट जोगाए।

डिफन्डिङ च्याम्पियन लिलेले लिगका ३ खेलमा २ अंकमात्र जोड्न सकेको छ। इटिइनेको भने यो लगतार तेस्रो बराबरी हो।

यसैगरी शनिबार राति नै भएको अर्को खेल मोनाको पराजित भएको छ। मोनाको लेन्ससँग २–०ले पराजित भयो। लेन्सको जितमा इग्नाटिस गनागोले ५१औं र सिमोन बान्जाले दोस्रो इन्जुरी समयको चौथो मिनेटमा गोल गरे।

खेलमा दुवै टिम १० खेलाडीमा समेटिएका थिए। ६०औं मिनेटमा लेन्सका चिइक डोकोउरे र ८६औं मिनेटमा मोनाकोका अलेसान्डर गोलोभिनले रातोकार्ड पाएका थिए।