प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेटमा प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी भएका छन्। प्रतियोगितामा आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो।
लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितमा मंगलबारको पहिलो खेलमा आर्मीले वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले हरायो।
विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५.१ ओभरमा ३ विकेट क्षतिमा भेट्टायो ।
आर्मीका बसिर अहमदले बिस्फोट ब्याटिङ गर्दै ३३ बलमा ४४ रन बनाए। उनले ६ चौक्का र १ छक्का प्रहार गरे।
राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका लागि हरि चौहानले २६ बलमा ३८ रन बनाए भने सन्दिप रजालीले १५ बलमा ३६ र राजेश पुलामीले १० बलमा २४ रनको योगदान दिए। वाइआरसीसीका भीष सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।
त्यसअघि वाइआरसीसीले १९.५ ओभरमा अलआउट हुँदै १५५ रन बनायो। वाइआरसीसीका सोनु अन्सारीले अर्धशतकीय इनिङ खेले । उनले ३७ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै, अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए भने सिद्धान्त लोहनीको ब्याडबाट २८ बन्यो
आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने विक्रम सोब, सुमित श्रेष्ठले समान २ विकेट लिए।
अर्को खेलमा एपिएफ विजयी भयो । एपिएफले भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले हरायो।
राहुल ११ले दिएको १३९ रनको लक्ष्य एपिएफले १८.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। एपिएफका विपिन खत्री घोषित भए।
बुधबारको पहिलो खेल वाइआरसीसी र राहुल ११ र आर्मी र एपीएफबीच हुनेछ ।