
‘राइट टु प्रोटिन’ हाफ म्याराथन माघ ७ मा हुने
‘राइट टु प्रोटिन’ हाफ म्याराथनको दोस्रो संस्करण माघ ७ गते आयोजना हुने भएको छ। प्रतियोगिता प्रोटिनबारे जन चेतना जगाउने उद्देश्यले नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गर्ने गर्छ ।
दशरथ रंगशालाबाट सुरुहुने दौडमा ५ हजार मासिनको सहभागी गराउने तयारी आयोजकको छ। भेटेनरी एशोसिएसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठले ५ हाजर नभए पनि ३ हजारको सहभागीता रहने अपेक्षा भएको बताए।
खुल्ला हाफ म्याराथन महिला र पुरुष, पुरुष १० किमी खुल्ला, महिला ५ किमी खुल्ला, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमता भएकाहरुका लागि ह्वीलचेयर दौड गरी सात विधा समावेश छन्।
प्रतियोगिगतामा पुरस्कारमा मात्रै १३ लाख ७६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। हाफ म्याराथनको उपाधि विजेतालाई १ लाख रुपैयाँ दिइने छ भने शीर्ष पाँचमा दौड पुरा गर्ने पनि नगद पुरस्कार पाउने छन्।
प्रतियोगितामा एथ्लेटिक्स एशोसिएसनको प्राविधिक सहयोग गरने छ। सहभागीताका लागि ३ सय रुपैयाँ तिरेर नाम दर्ता गर्नुपर्ने छ।