°
, June 7, 2023 in

गम्भीर कार दुर्घटनामा परे क्रिकेटर ऋषव पन्त, अवस्था खतरा मुक्त

SHARE:

भारतका स्टार क्रिकेटर ऋषभ पन्त गम्भीर कार दुर्घटनामा गरेका छन्। दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ।

पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५ः३० बजे रुर्की नजिकै दुर्घटनामा हो।

पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए । रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको प्रहरीले जनाएको छ।

उत्तराखण्डका प्रहरी अधिकारीहरूले कार चलाउँदा पन्त निदाएकाले उनको कारले नियन्त्रण गुमाएको जानकारी दिएका छन् । दुर्घटना हुँदा पन्त गाडीमा एक्लै थिए । दुर्घटनापछि पन्त जलिरहेको कारको झ्याल फुटाएर बाहिर निस्केका थिए ।

पन्तको टाउको, ढाड र खुट्टामा चोट लागेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।

चिकित्सकले एमआरई गरेपछि मात्रै उनको घुँडाको कुन हड्डी भाँचिएको हो थाहा हुने बताएका छन् । उनीहरूले पन्तको शल्यक्रिया गर्नुपर्ने पनि बताएका छन् ।

SHARE: