स्पोर्ट्स क्यासललाई हराउँदै द राइजिङ क्लब प्लेअफमा

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगमा धराने क्लब द राइजिङ क्लब प्लेअफमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा शीर्ष स्थानको घरेलु टोली स्पोर्ट्स क्यासलमाथि ६–४ले हराउँदै द राइजिङ प्लेअफमा पुगेको हो।

१० टिम सहभागी लिगका सबैखेल खेलिसक्दा ६ जित, १ बराबरी र २ हार बेहोराको द राइजिङको १९ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएपनि क्यासल २२ अंकका साथ शीर्ष स्थानमा छ । यो उसको पहिलो हार हो।

क्यासलविरुद्ध द राइजिङलाई जित दिलाउन मिलान गुरुङले २ गोल गर्दा, रेवस मास्के, विकु तामाङ, सुदीप गुरुङ र विशल श्रेष्ठले एक गोल गरे। यस्तै, क्यासलका सुमित श्रेष्ठ, सुरेनबुद्ध मगर, किशोर गुरुङ र दिपेश घरेले गोल गरे।

यस्तै सोमबार नै भएको अर्को खेलमा मच्छिन्द्र स्काई गोल्स विजयी भयो । उसले लुम्बिनी फुटसलमाथि ५–४कोे जित निकाल्यो । जितपछि पनि मच्छिन्द्र प्लेअफ पुग्न सकेन । ९ खेलमा उसले ४ जित र १ बरारबी खेल्दै १३ अंक जोडेको छ । र, उ छैठौं स्थानमा छ। यता लुम्बिनी भने ४ अंकसहित नवौं स्थानमा छ । उ रेलिगेसनमा परेको छ।

Facebook Comments Box