डर्टमन्डको पोस्टमा बायर्नको ४ गोल

बुन्डेसलिगामा वायर्न म्युनिखले बोरुसिया डर्टमन्डमाथि शानदार जित निकालेको छ । साविक विजेता बायर्नले घरेलु मैदानमा डर्टमन्डमाथि ४–०को जित निकलोको हो ।

यो जितसँगै बायर्न २१ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । उ शीर्ष स्थानको मोन्चेनग्लाडबाचभन्दा १ अंकले मात्रपछि छ । २१ अंक नै जोडेको आरबी लेइपजिङ दोस्रो स्थानमा छ । डर्टमन्ड भने १९ अंकका साथ पाचौं स्थानमा छ ।

बायर्नबो जितमा रोबर्ट लेवानडोस्कीले २ गोल गरे भने सर्जी गनब्रीले एक गोल गरेक थिए । घरेलु मैदानमा १७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४७औं मिनेटमा गनब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेमा डर्टमण्डमा माट हुमेल्सले आत्मघाती गोल गरेपछि बायर्नले खेल ४–०ले जित्यो ।