°
, June 7, 2023 in

लेवन्डोस्कीको ह्याट्रिकमा बायर्न क्वार्टरफाइलनमा

SHARE:

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा सानदार जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको अन्तिम १६को दोस्रो खेलमा लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बायर्नले अस्ट्रियन आरबी साल्जबर्गमाथि ७–१को फराकिलो जित निकाल्यो ।

योसँगै उसले समग्रमा अन्तिम १६मा ८–२को फाराकिलो जित निकाल्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।

घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिकसँगै थोमस मुलरले दुई तथा सर्ज गनाब्री र लिरोए सानेले पनि एक गोल गरे। साल्जवर्गका मौरिट्स क्रिएरगार्डले गोल गरेका थिए।

१२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । २१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमै बायर्नको अग्रता दोब्बर बनाए। २३औं मिनेटमा लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पूरा गर्दै टिमलाई ३–०को अवस्थामा ल्याए।

३१औं मिनेटमा गनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० को स्थितिमा पुग्यो। ५४औं मिनेटमा थोमस मुलरले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाए। ७०औं मिनेटमा मौरिट्स काएरगार्डले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए।

खेलको ८३औं मिनेटमा थोमस मुलरले टोलीका लाटि छैटौं गोल गरे। ८५औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ७–१ को एकपक्षीय सानदार जित दिलाए।

SHARE: