रोड्रिगो र अलबाले एल क्लासिको र मड्रिड डर्बी गुमाउने

Read Time:1 Minute

रियल मड्रिडले यो साता दुई महत्वपूर्ण खेल खेल्दैछ। जससमा एउटा मड्रिड डर्बी हो भने अर्को एल क्लासिको हो।

यी दुई महत्वपूर्ण खेलले आफ्नो दुई स्टार खेलाडीबिनै खेल्नेछ। यी दुवै खेलमा ब्राजिलियन स्ट्राइकर रोड्रिगो र अस्ट्रियन डिफेन्डर डेबिड अलबा रियलको टिममा हुनेछैन।

दुवै चोटका कारण एल क्लासिको र मड्रिड डर्बी गुमाउने भएका छन्। मड्रिड डर्बी शनिबार राति ११ः१५ र एल क्लासिको बिहीबार राति १ः४५मा सान्टियागो बर्नाबेउमा हुनेछ।

रोड्रिगो र अलबा दुवै च्याम्पियन्स लिगको लिभरपुलविरुद्धको अन्तिम १६को पहिलो लेगका क्रममा घाइते भएका थिए। खेल रियलले ५–२ले जितेको थियो।

दुवैमा मांसपेसीको समस्या देखिएको छ। चोटका कारण अलबा १ महिना मैदान बाहिर रहने बताइएको छ भने रोड्रिगो १० दिन मैदान बाहिर रहनेछन्।

Happy
Happy
0 %
Sad
Sad
80 %
Excited
Excited
0 %
Sleepy
Sleepy
20 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आर्मी केपी ओली कपको सेमिफाइनलमा, पेनाल्टीमा चुक्याे एनआरटी
Next post सन्दीपको पुनरावेदनमाथिको सुनुवाई सकियो, निर्णय केहीबेर पछि आउने
Close