नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन्। साफ च्याम्पियनसिप खेलेर मिडफिल्डर रोहित माल्दिभ्सबाटै इन्डोनेसिया गएका हुन्।
रोहितले फेसबुकमार्फत आफू माल्दिभ्सबाट इन्डोनेसिया गएको उल्लेख गरेका छन् । उनी इन्डोनेसियन क्लब पेर्सिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। साफ च्याम्पियनसिप खेल्ने रोहित इन्डोनेसियाबाट सिधै माल्दिभ्स पुगेका थिए।
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टिम फाइनलमा भारतसँग ३–०ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। नेपाली टिम आजै बिहान स्वदेश फर्किएको थियो।