आर्मी छाड्दै एपिएफमा आबद्ध भए रोहित

11 Jan, 2024

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडलले एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने भएका छन्।

प्रधानमन्त्री कप क्रिकेटको मुखैमा रोहित अर्को विभागीय टिम त्रिभुनव आर्मी क्लब छाड्दै एपिएफमा आबद्ध भएका हुन्।

एपिएफमा आबद्ध भएसँगै रोहितले टिमको कप्तानी गर्ने छन्। उनले सन् २०१८मा पनि एपिएफबाट खेलेका थिए। त्यो बेला एपिएफ पिएम कपको उपाधि जितेको थियो।

रोहितसँगै एपिएफको टिममा राष्ट्रिय टिमका आसिफ शेख, अविनाश बोहरा, सन्दीप जोरा, लोकेश बम, मौसम ढकाल, कमलसिंह ऐरी पनि छन्।

शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कपका लागि एपीएफले शुक्रबार टिम घोषणा गर्ने बताइएको छ।