न्युजिल्यान्डविरुद्धको सिरिजका लागि रोहितको कप्तानीमा भारतीय टिमको घोषणा

न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ। बिसिसिआईले रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो।

बिसिसिसीआईले रोहितलाईए टि–२० टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। विश्वपलगत्तै नियमित कप्तान विराट कोहलीले टि–२० टिमको कप्तानी छोड्ने घोषणा गरेका थिए।

विश्वकप खेलेका केही सिनियर खेलाडीलाई न्युजिल्यान्डविरुद्धको सिरिजमा आराम दिइएको छ। आराम दिइएका खेलाडीमा विराटसँगै रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, हार्दिक पाण्डेय र वरुण चक्रवर्ती छन्।

राहुल द्रविडको प्रशिक्षणमा रहेको भारतले तीन खेलको टि–२० सिरिज खेल्ने छ । द्रबिडको यो पहिलो सिरिज हो । विश्वकप लगत्तै रवि शास्त्री कार्यकाल सकिएपछि बिसिसिआईले राहुल द्रबिडलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

भारत र न्युजिल्यान्डविरुद्धको सिरिजको पहिलो खेल १७ नोभेम्बरमा जयपुरमा हुनेछ । दोस्रो खेल १९ नोभेम्बरमा राँची र तेस्रो २१ नोभेम्बरमा कोलकत्तामा हुनेछ ।

भारतीय टिम : केएल राहुल, रितुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेंकटेश अय्यर, युजवेन्द्र चहल, आर अश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज।