युरोपा कन्फ्रेन्स लिग : रोमाको लज्जास्पद हार, टोटनहम पनि पराजित

ुयुरोपा कन्फ्रेन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा जोसे माउरिन्होको प्रशिक्षणमा रहेको इटालिन क्लब एएस रोमा पराजित भएको छ। रोमा नर्वेको क्लब बोडो ग्लिम्टसँग ६-०को लज्जास्पद हार बेहोर्न बाध्य भयो।

बोडोको जितमा एरिक बोथिम र ओला सोल्बाकेनले समान २ गोल गर्दा प्याट्रिक बर्ज र अमहल पेल्लिग्रेनोले पनि गोल गरे । रोमा चार्ल्स परेजले १ गोल फर्काए ।

बोमिथले आठौं मिनेटमै बोडोलाई अग्रता दिलाए । २०औं मिनेटमा बर्जले गोल गर्र्दै बोडोको अग्रता दोब्बर बनाए । २८औं मिनेटमा पेरेजले गोल गर्दै रोमालाई खेलमा फर्काउने प्रयास गरे ।

तर, दोस्रो हाफमा थप ४ गोल गर्दै बोडो विजयी भयो । उसका बोथिमले ५२, ओल्बाकेनले ७१ र ८० तथा पेलेग्रिनीले ७८औं मिनेटमा गोल गरेका थिए।

यस्तै, कन्फ्रेन्स लिगअन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब टोटनहम पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटनहम डच क्लब भिटेससँग १-०ले पराजित भयो। भिटेसका लागि ७८र्औं मिनेटमा म्याक्सिमिलियन विटेकले निर्णायक गोल गरे।

रोमालाई हराउँदै बोडो समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । उसको ७ अंक छ । रोमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । यता, समूह जीमा रहेको भिटेस जितसँगै ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिउको छ । ४अंक जोडेको टोटनहम तेस्रो स्थानमा रहँदा ७ अंकसहित रेनेस शीर्ष स्थानमा छ।