बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु पुनः लन्डन क्लब चेल्सी फर्किएका छन्। २८ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकु ७ वर्षपछि चेल्सी फर्किएका हुन्।
सन् २०१४मा २८ मिलियन युरोमा बेचेका खेलाडी लुकाकुलाई स्टामफोर्ड ब्रिज फर्काउन चेल्सीले ९७.५ मिलियन युरो खर्चियो। इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन्।
योसँगै लुकाकु इपिएलको दोस्रो महँगा खेलाडी बनेका छन् । इपिएलका सबैभन्दा महँगा खेलाडी म्यान्चेस्टर सिटीका ज्याक ग्रेलिस हुन्। उनी अघिल्लो साता मात्र एस्टन भिल्लाबाट १ सय मिलियन युरोमा सिटीका आएका थिए।
सन् २०२६ सम्म स्टामफोर्ड ब्रिजमा रहने लुकाकुले वार्षिक १० मिलियन युरो तलब पाउने छन्। थोमस टुचेलको टिम चेल्सीले अघिल्लो सिजन च्याम्पियनस लिग उपाधि जितेको थियो छ। तर, चेल्सीमा स्ट्राइकरको अभाव भने खड्किएको थियो। त्यसैले टुचेलले लुकाकुलाई चेल्सी फकाएका हुन्।
बेल्जियन क्लब अन्डरलेच्टका उत्पादन लुकाकुले सन् २००९ मै सिनियर टिममा डेब्यू गरेका थिए । अन्डरलेच्टमा उलने ९८ खेल खेल्दै ४१ गोल गरेका थिए । सेही प्रदर्शनका आधरका सन् २०११ मा चेल्सीले उनलाई भित्र्यायो । तर, उनले चेल्सीमा खेल्ने अवसर कमै मात्र पाए । उनले लागतार २ सिजन चेल्सबाट त खेले, तर १५ खेल मात्र खेल्न पाए।

त्यसपछि उनले लोनमा वेस्ट ब्रुम र एभर्टनबाट खेले । उनले वेस्टब्रुमबाट ३८ खेलमा १७ गोल गरे भने एभर्टनबाट ३३ खेलमा १६ गोल गरे । सन् २०१४मा एभर्टनले लुकाकुलाई स्थायी अनुबन्धन ग¥यो । त्यसपछि उनले तीन सिजन त्यहाँ उत्कृष्ट प्रदर्शन गरे । त्यहाँ उनले १३३ खेल खेल्दै ७१ गोल गरे ।
सन् २०१७मा ७६ मिलियन पाण्डमा लुकाकु युनाइटेड पुगे। त्यहाँ उनले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गर्दै ५१ खेलमा २७ गोल गरे । तर, अर्को सिजन युनाइटेडमा प्रशिक्षक परिवर्तन भएपनि उनले कमै मौका पाए । दोस्रो सिजन उनले ४५ खेलमा १५ गोलमा मात्र गर्न सके ।
प्रशिक्षक जोसे माउरिन्होले सुरुआती ११मै राख्न छोडेपछि निराश बनेका लुकाकु सन् २०१९मा ८० मिलियन युरोमा इटालियन क्लब इन्टरमा आबद्ध भए । त्यसपछि उनले निरन्तार उत्कृष्ट प्रदर्शन गरे । दुई सिजन इन्टरमा बिताउँदा उनले ९५ खेलमा ६४ गोल गरे। १० वर्षपछि इन्टरलाई सिरि ए च्याम्पियन बनाउन उनको भूमिका महत्वपूर्ण थियो।