स्पेनिस क्लब बार्सिलोनाल आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। ला लिगा अन्तर्गत बुधबार राति रायो भालेकानोसँग पराजित भएलगत्तै बार्सिलोनाले कोम्यानलाई बर्खास्त गरेको हो।
पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ। बार्सिलोना ला लिगाका चार खेल तीन पराजित भएको छ। गत सिजनदेखि नै बार्सिलोनाको खस्कँदो प्रदर्शनलाई लिएर कोम्यानको विषयमा विभिन्न चर्चा चलिरहेको थियो।
गतवर्षमात्र कोम्यान २०२३ सम्म क्लबमै रहने जनाएको बार्सिलोनाले उनलाई प्रशिक्षकबाट हटाएको हो।
किके सेटिनलाई बर्खास्त गरेपछि बार्सिलोनाले नेदरल्यान्ड्सका रोनाल्ड कोम्यानलाई आफ्नो नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। कोम्यान जो बार्साकै पूर्व खेलाडीसमेत हुन्।
कोम्यान बाहिरिएपछि क्लबको आगामी प्रशिक्षकमा जाभी हर्नान्डेज नियुक्त हुने सम्भावना रहेको क्लब पदाधिकारीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ। हर्नान्डेज क्लबकै पूर्व खेलाडी हुन्।