°
, May 30, 2023 in

रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगल विजयी

SHARE:

युरोप कप छनोटमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रेरित पोर्चुगल विजयी भएको छ। रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–०को सजह जित निकालये ।

यो खेलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। पोर्चुगलका लागि उनको यो १९७औं खेल हो।

युरोकप छनोटको पहिलो खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले २ गोल गरे भने जोआ क्यान्सेलो र बर्नार्डो सिल्भाले पनि गोल गरे।

आठौं मिनेटमा क्यान्सेलोको गोलमा पोर्चुगलले अग्रता लियो । पहिलो हाफ १–०मा सकिएको खेलमा पोर्चुगलले दोस्रो हाफमा ३ गोल गरेको थिाये। ४७औं मिनेटमा सिल्भाले अग्रता दोब्बर बनाए।

५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई ३–०को अस्थामा ल्याए। ६३औं मिनेटमा रोनाल्डोले नै गोल गरेपछि पोर्चुगलले खेल ४–०ले जित्यो । योसँगै रोनाल्डोले पोर्चुगलका लागि आफ्नो गोल संख्या १२० पु¥याइएका छन्।

SHARE: