°
, June 2, 2023 in

साउदीमा रोनाल्डोले ह्याट्रिकसहित कीर्तिमानी प्रदर्शन

SHARE:

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा पहिलो ह्याट्रिक गरेका छन्। गत जनवरीमा अप्रत्यासिपमा रुपमा कीर्तिमानी रकमा साउदी पुगेका रोनाल्डोले ४ गोल गरेपछि उनको टिम अल नासरले अल वेहदामाथि ४–०को जित निकाल्यो।

खेलमा रोनाल्डोले २१औं, ४०औं र ५३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ६१औं मिनेटमा चौथो गोल गरेका थिए ।

यो चार गोलसँगै रोनाल्डोले थुप्रै कीर्तिमान बनाएका छन्। अल वेहदाविरुद्धको पहिलो गोलसँगै रोनाल्डो लिग फुटबलमा ५ सय गोल समेत पूरा गरे। अल वेदहाविरुद्धको चार गोलसँगै लिगमा कुल ५०३गोल गरेका रोनाल्डो लिगमा ५ सय गोल पुरा गर्ने एक्ला खेलाडी हुन्।

रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् । यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ गोल गरेका छन्।

अल वेहदाविरुद्धको ह्याट्रिक रोनाल्डोको करिअरको ६१औं ह्याट्रिक हो। उनले रियलका लागि सर्वाधिक ४४ ह्याट्रिक गर्दा पोर्चुगलको लागि १० ह्याट्रिक गरेका छन्। उनले म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट समान ३ ह्याट्रिक गरेका छन्।

अल नासर जितपछि १६ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । १७ खेलबाट समान ३७ अंक नै जोडेको अल शाबब गोल अन्तरमा पछि छ।

SHARE: