°
, June 4, 2023 in

अल नासरमा रोनाल्डाेलाई भव्य स्वागत

SHARE:

साउदी अरेबियन क्लब अल नासरले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भव्य स्वातगत गरेको छ। मंगलबार राति अल नासरको मर्सुर पार्कमा करिब २ घण्टा लामो भव्य कार्यक्रम गर्दैृ रोनाल्डोलाई स्वागत गरिएको हो।

सुरुमा रोनान्डो पत्रकार सम्मेलनमा सहभागी भए । करिब आधा घण्टा चलेको पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले युरोपमा गर्नुपर्ने सबै गरेको बताउँदै नयाँ चुनौती र नयाँ अनुभावका लागि आफूले अल नासर रोजेको बताए। पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मुसाली अल मुअम्मर, प्रशिक्षक रुडी गार्सिया पनि सहभा थिए।

पत्रकार सम्मेलनमा फर्मल ड्रेसमा उपस्थित भएको रोनाल्डो त्यसपछि ड्रेस चेन्ज गरेर टिम मेटलाई भेन्ट चेन्जिङ रुम पुगेका थिए। त्यहाँ उनले सबै टिममेटसँग हात मिलाए, अंकमाल गरे। त्यहाँले उनले आफ्नो शतप्रतिशत दिँदै क्लबलाई सफलता दिलाउने प्रतिबद्धता जनाए।

त्यसपछि उनी भरिभराउ मर्सुर पार्क रंगशालामा उपस्थित भए । उनी रंगशाला प्रवेश गर्दा रंगशाला रोनाल्डो.. रोनाल्डो… नामले गुन्जयमान भएको थियो। त्यहाँ उनले न्यानो मायाका लागि सबैलाई धन्यवाद दिए, र फुबटल मार्फत आफू पनि खुसी रहने र सबैलाई खुसी पार्ने प्रतिबद्धता व्यक्त गरे।

रोनाल्डोले अल नासरका युवा टिमसँग फेटो खिचे, त्यहाँ राखिएका केही बलमा साइन गर्दै उपस्थित दर्कशलाई दिए। केही सयमपछि उनको पुरै परिवार पुग्यो । परिवारसँगै केही क्षण बिताए पछि रोनाल्डो सबैलाई धन्यवाद दिँदै मैदानबाट बाहिरिएका थिए।

SHARE: