°
, June 7, 2023 in

साउदीमा रोनाल्डोले डेब्यूमै मेसीविरुद्ध खेल्ने

SHARE:

वर्तमान फुटबलका दुई सुपरस्टार क्रिस्टिायानो रोनाल्डो र लियोनल मेसी आसपमा आमनेसामना हुने भएका छन्। जनवरी १९मा यी दुई सुपर स्टार एकअर्काविरुद्ध मैदानमा उत्रने छन्।

फ्रेन्च क्लब पिएसजी र अल स्टार–११ बीच मैत्रीपूर्ण खेल तय भएसँगै रोनाल्डोविरुद्ध मेसी मैदान उत्रने तय भएको हो। अल स्टार–११मा अल नासर र अल हिलालका संयुक्त खेलाडी हुनेछन्। मेसी पिएसजी र रोनल्डो अल नासरमा छन्।

रोनाल्डो गत साता मात्र कीर्तिमान रकममा साउदी क्लब अल नासरमा आबद्ध भएका थिए। यो मैत्रीपूर्ण खेल यसअघि नै तय भएको थियो । खेल साउदीमै हुनेछ।

सन् २०२० पछि रोनाल्डो र मेसी आमनेसामने हुन लागेका हुन्। सन् २०२०मा च्याम्पियन्स लिगमा रोनाल्डोले इटालियन क्लब युभेन्ट्स र मेसी स्पेनिस क्लब बार्सिालोनाबाट खेलेका थिए। रोनाल्डोले २ गोल गरेको खेल युभेन्ट्सले ३–०ले जितेको थियो।

SHARE: