सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लागतार दोस्रो खेलमा पोर्चुगिच टिमको प्लेइङसेटमा पर्न असफल भएका छन्। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले केही समयपछि हुने मोरक्कोविरुद्धको क्वार्टरफाइनल खेलका लागि ३७ वर्षीय रोनाल्डोलाई बाहिर राख्दै टिम घोषणा गरेका छन्।
विश्वकपको नकआउट चरणमा लगातार २ खेलमा रोनाल्डो बेन्चमा बसेका हुन्। अन्तिम १६ अन्तर्गत स्वीट्जरल्यान्डविरुद्ध रोनाल्डो विनाकै टिमले उत्कृष्ट प्रदर्शन गर्दै ६–१को फराकिलो जित निकालेकाले सान्तोषले मोरक्कोविरुद्ध पनि रोनाल्डोलाई बेन्चमै राखेका हुन्।
स्वीट्जरल्यान्डविरुद्ध रोनाल्डो स्टार्टिङ इलाभेनमा नपरेपछि सन्तोषसँग रोनाल्डोको सम्बन्ध बिग्रिएको चार्चा चलेको थियो। रोनाल्डो बेन्चमा खासै खुसी देखिएका थिएनन्। सो खेलमा उनी अन्तिम १५ मिनेट मैदानमा थिए।

यही चर्चाबीच रोनाल्डोले पोर्चुगिज टिम छाडेको चर्चा पनि चलेको थियो । तर, पोर्चुगिज फुटबल फेडेरेसनले यसको खण्डन गर्दै रोनाल्डो टिमसँगै रहेको टिममा कुनै समस्या रहेको बताएको थियो।
रोनाल्डोको स्थान मौका पाएका २१ वर्षीइ गोन्सालो रामासेले स्वीट्जरल्यान्डविरुद्ध सनसनपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक गरेकाले सान्तोषले मोरक्कोविरुद्ध पनि रोनाल्डोको सट्टा उनलाई नै रोजेका छन्।
सान्तोष स्वीट्जरल्यान्डविरुद्ध खेलेको टिममा एक परिवर्तन गर्दै स्टार्टिङ इलाभेन घोषणा गरेका छन्। उनले डिफेन्सिभ मिडफिल्डर विलियम काल्भार्हाे स्थानमा रुवेन नेभेसलाई मौका दिएका छन्।