°
, June 1, 2023 in

एल क्लासिको हेर्न मैदान पुग्लान् राेनाल्डाे ?

SHARE:

यो सिजनको दोस्रो तथा सन् २०२३को पहिलो एल क्लकासिको आज साउदी अरेबियामा हुँदैछन्। खेल आज राति १२ः४५ बजे किङ फाद स्टेडियममा हुनेछ।

स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनामाबीचको यो खेल हेर्न रियल मड्रिड पूर्व स्टार खेलाडी रोनाल्डो मैदान पुग्छन् या पुग्दैनन् सबैको चासो छ।

३७ वर्षीय रोनाल्डो अहिले साउदीमै छन्। उनी कीर्तिमान मूल्यमा साउदी क्लब अल नासरमा आबद्ध भएका छन्। क्लबका लागि रोनाल्डोले डेब्यू भने गरेका छैनन्। अल नासारसँग सम्झौता गर्न साउदी आउनुअघि रोनाल्डोले रियल मड्रिडकै मैदानमा केही दिन प्रशिक्षण गरेका थिए।

रोनल्डोले रियादमै आफ्ना पूर्व सहकर्मीलाई भेटेका छन्। रोनाल्डो गत शुक्रबार रियलका खेलाडीले ट्रेनिङ गरिरेकै स्थानमा पुगेका थिए । उनले प्रशिक्षक कार्लो एन्सोलोटीलगायत टिमका सबै खेलाडीलाई उनले भेटेका थिए।

भेटका क्रममा एन्सोलोटीलाई रोनाल्डोलाई फाइनल हेर्न आउने निम्तो दिएका थिए। रोनाल्डोले पनि समय मिले आउने जवाफ दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

रोनाल्डो एल क्लासिकोमा १८ गोल गरेका छन्। समग्रमा उनले बार्सिलोनाविरुद्ध २१ गोल गरेका छन्।

SHARE: