°
, June 7, 2023 in

रोनाल्डो ५०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति

SHARE:

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ५०० मिलियन फलोअर्स पुग्ने पहिलो व्यक्ति बनेका छन् ।

रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिले ५०३ मिलियन फलोअर्स पुगिसकेका छन् । यसअघि कुनैपनि व्यक्तिको फलोअर्स ५०० मिलियन पुगेको थिएन ।

दोस्रो स्थानमा रहेका लियोनल मेसीका ३७६ मिलियन फलोअर्स रहेका छन् ।

रोनाल्डो ५०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी समेत बनेका छन् । ३७ वर्षीय रोनाल्डोले इन्स्टाग्राममा ५२३ जनालाई फलो गरेका छन् ।

यसअघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका थिए ।

SHARE: