°
, May 29, 2023 in

रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी

SHARE:

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टोटनहम हट्सपरलाई पराजित गरेको छ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल उपहार पाएको थियो।

खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। खेलको ३५औं मिनेटमा युनाइटेडका एलेक्स टेलेस पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि टोटेनहमले पेनाल्टी पाएको थियो। केनले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

पुनः खेलको ३८औं मिनेटमा जेडन सान्चोको पासमा रोनाल्डोले बराबरी गोल गरे। यस गोलसँगै रोनाल्डो आधिकारिक फुटबल तथ्यांकअनुसार सर्वाधिक गोल गर्ने खेलाडीसमेत बने।

खेलको ७२औं मिनेटमा पाहुना टोली पुनः बराबरीमा आयो। रेगुइलोनको क्रसमा मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भएको थियो। ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई जित दिलाए। टेलेसको कर्नरमा रोनाल्डोले गोल गरेका थिए।

यस जितसँगै २९ खेलमा ५० अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ। २७ खेल खेलेको टोटेनहम भने ४५ अंकका साथ सातौं स्थानमै रोकियो।

SHARE: