°
, June 1, 2023 in

रोनाल्डोकी आमा नै उनको बिहेको विरुद्धमा उभिएपछि…

SHARE:

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेज विगत ५ वर्षदेखि प्रेम सम्बन्धमा छन्। समयसमयमा उनीहरुको विवाहको कुराले चर्चा पाउने गरेको छ।

सम्बन्धमा रहेको ५ वर्षसम्म पनि उनीहरुको बिहे भएको छैन। रोनाल्डोका ४ सन्तानमध्ये कान्छी छोरी एलानाकी आमा जर्जिना हुन्। जर्जिनाले धेरैपटक आफु रोनाल्डोसँग बिहे गर्न तयार रहेको बताएपनि रोनाल्डोले उनलाई बिहेको प्रस्ताव राखेका छैनन्।

र, यसको मुख्य कारण हुन् रोनाल्डोकी आमा मारिया डोलोरेस एभेइरो। उनी रोनाल्डो र उनकी वर्तमान प्रेमिका जर्जिनाको बिहे होस् भन्ने चाहन्नन्। जर्जिनाको नजर रोनाल्डोको सम्पत्तिमा भएकोले आफु उनलाई बुहारी बनाउन तयार नभएको मारियाले बताएकी छिन्।

मोडेल जर्जिनाले आफ्नो छोरोको सम्पत्ति देखेर विवाह गर्न चाहेको मारियाको बुझाइ रहेको रोनाल्डो निकट स्रोतले जनाएको छ। मारिया र जर्जिनाबीचको सम्बन्ध निकै सुमधुर छ। जर्जिनाले आफ्नो छोरालाई गरेको सपोर्टका मारियाले निकै प्रशंसा गर्ने बताएकी छन्। तर सम्बन्ध राम्रो हुँदाहुँदै पनि मारियाले जर्जिनालाई बुहारी बनाउन भने चाहेकी छैनन्।

आमा मारियाले मात्रै होइन, रोनाल्डोका अन्य तीन छोराछोरीले समेत यस्तै सोच्ने गरेका छन्। रोनाल्डो जर्जिनासँग बिहे गर्ने विषयमा सकारात्मक रहेपनि उनको परिवार भने त्यसो नहोस् भन्ने चाहन्छ। परिवारबाट दबाब आउन थालेपछि रोनाल्डो अहिले तनावमा छन्।

त्यसैले पनि रोनाल्डोले प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गर्लान् कि नगर्लान् भनेर कौतुहलता बढेको छ। स्पेनिस मोडेल तथा डान्सर जर्जिनालाई हालै रोनाल्डोसँग बिहे गर्ने योजना छ कि छैन भनेर पनि सोधिएको थियो।

उनले होस् भन्ने चाहन्छु तर यो कुरा आफमा मात्रै निर्भर नहुने भन्दै हाँस्दै जवाफ दिएकी थिइन्। यता रोनाल्डोले अहिलेसम्म विवाहको प्रस्ताव गरेका छैनन्। विवाह नभएपनि दुवैजना म्यानचेस्टरमा चार सन्तानसँगै खुसीसाथ बसिरहेका छन्।

रोनाल्डोका चार सन्तानमध्ये जर्जिना कान्छी छोरी एनालाकी आमा हुन्। क्रिस्टियानो जुनियर उनका जेठा छोरा हुन्। २०१० मा जन्मिएका जुनियरकी आमाको नाम भने रोनाल्डोले अहिलेसम्म गोप्य नै राखेका छन्। त्यस्तै उनले सरोगेसीमार्फत् जुम्ल्याहा छोरी इभा र छोरा म्याटियो समेत जन्माएका छन्।

रोनाल्डो जारी सिजनको सुरुवातमा युभेन्टसबाट म्यान्चेस्टर युनाइटेड आएका छन्। बुधबार भिल्लयारियविरुद्धको च्याम्पियन्स लिग खेलको अन्तिम समयमा गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण जित दिलाएका थिए। उनले इन्जुरी टाइममा गरेको गोलको मद्दतमा युनाइटेड २–१ गोलअन्तरले विजयी भएको थियो।

SHARE: