रोनाल्डोको २ गोलमा युभेन्ट्सले इन्टर मिलानलाई हरायो

Read Time:1 Minute

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ । कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले इन्टर मिलानमाथि २–१को जित निकालेको हो ।

इन्टर मिलानको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै युभेट्न्स विजयी भएको हो । नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

रोनाल्डोले २६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । एस्ली योङले जुआन क्वाडराडोलाई डिबक्समा लगाएपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो । ३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए ।

सेमिफाइनलको दोस्रो लेग फेब्रुअरी १० टुरिनमा हुने छ । यस्तै अर्को सेमिफाइनलमा नापोली र एटलान्टा आज राति भिड्ने छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post साउथह्याम्पटनको पोस्टमा युनाईटेडको ९ गोल
Next post ९ खेलाडीमा सीमित आर्सनल वुल्भ्ससँग पारजित
Close