°
, June 7, 2023 in
0

रोनाल्डोको गोल च्याम्पियन्स लिगको उत्कृष्ट गोल

SHARE:

युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल च्याम्पियन्स लिगको उत्कृष्ट गोल बनेको छ । अन्तिम १६को दोस्रो लेगमा लिनयोनविरुद्ध रोनाल्डोले देब्रो खुट्टाले गरेको गोललाई युइएफएले सिजनको उत्कृष्ट गोल छनोट गरेको हो ।

ुबिहीबार युइएफएले रोनाल्डो सो गोललाई उत्कृष्ट गोल छनोट गर्दै उनले ‘युइएफए गोल अफ दि सिजन’ अवार्ड दिएको छ । दर्शकको भोटिङका आधारमा रोनााल्डोको सो गोल उत्कृष्ट गोल बनेको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २-१ ले जितेको थियो । तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

आरबी लेपजिगका मार्सेल साबिट्जरले समूह चरणमा जेनिथ सेन्ट पिटर्सबर्गविरुद्ध गरेको दोस्रो दोस्रो बनेको छ भने युभेन्ट्सकै जुआन क्वाडराडोले समूह चरणमै एट्लेटिको मड्रिडविरुद्ध गरेको गोल तेस्रो बनेको छ । यस्तै बार्सिलोनाका लुइस सुआरेजले समूह चरणमा इन्टर मिलानविरुद्ध गरेको गोल चौथो र बायर्न म्युनिखका सर्गी गनाब्रीले सेमिफाइलनमा लियोनविरुद्ध गरेको गोल पाचौं बनेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *