बिहीबार राति दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी आमने सामने भए। साउदीको किङ फाद रंगशालामा भएको खेलमा रोनाल्डोको टिम रियदा–११ विरुद्ध मेसीको टिम पिएसजी ५–४ले विजयी भयो।
पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक गोल गरेका थिए भने रियादका लागि क्रिस्टियानो रोनाल्डोले २ तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले गोल गरेका थिए।
खेलको तेस्रो मिनेटमै लिओनेल मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। नेयमारको पासमा मेसीको प्रहार साउदी अरेबियाका गोलकिपर मोहम्मद अल ओवाइसले रोक्न सकेनन्। खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले को पेनाल्टीलाई उनले टप कर्नरमा गोल गरे।

योसँगै कीर्तिमानी मूल्यमा साउदी अबर व्यसायिक फुटबल खेल्न पुगेका रोनाल्डोले साउदीमा डेब्यूमै गोल गर्न सफल भए। उनी वार्षिक १७५ मिलियन पाउण्डमा साउदी क्लब अल नासरमा आबद्ध भएका छन्।
रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केही मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो। अल स्टार्सका खेलाडीलाई काउन्टर अट्याक बलमा लडाएपछि जुआन ब्रेनटले रातो कार्ड पाएका थिए।

केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै मार्किन्हसले खेलको ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। १ खेलाडी कम भए पनि पिएसजीले अग्रता बढाउने मौका गुमायो।
इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुकेका थिए। नेमारलाई नै लडाएपछि प्राप्त पेनाल्टीमा उनको प्रहार गोलरक्षक अल ओवाइसले बचाएका थिए। त्यसको केही मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए पनि पहिलो हाफ २–२को बराबरीमा सकियो।

दोस्रो हाफको सुरूवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो। खेलको ५३औं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो। केलियन एम्बाप्पेले बक्स भित्रबाट मिलाएको पासलाई रक्षक रामोसले सहजै फिनिसिङ गरेका थिए। तर त्यसको तीन मिनेटमै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।
तर बराबरी भएको केही समयमै एमबाप्पेले पेनाल्टीमार्फत पिएसजीलाई अग्रता दिलाए। युवा स्ट्राइकर ह्युगो एकिटिकेले ७८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई ५–३ को अग्रतामा दिलाए। इन्ज्युरी समयको अन्त्यमा टालिस्काले गोल गर्दै खेललाई ४–५ को स्थितिमा पुर्याए। तर, त्यसपछि गोल नहुँदा पिएसजी विजयी भयो।

मैत्रीपूर्ण खेलमा ६०औं मिनेटमा स्टार खेलाडीहरु रोनाल्डो, मेसी, नेमार र एम्बाप्पेले मैदान छाडेका थिए।
खेलमा दुई गोल गरेका रोनाल्डो प्लेयरअफ अफ दि म्याच भए।