भारतविरुद्ध इंग्ल्यान्डलाई सम्हाल्दै कप्तान जो रुट

लड्समा जारी भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डलाई जो रुटले सम्हालिरहेका छन्। भारतले पहिलो इनिङमा ३६४ रन बनाएपछि जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डलाई कप्तान रुटले सम्हालेपछि उ विस्तारै खेलमा फर्कंदै छ।

दोस्रो दिनमा साप्तिमा इंग्ल्यान्ड ३ विकेटको क्षतिमा ११९ रन बनाएर खेलिरहेको छ। उसका रुट ४८ र जोनी बेइस्टो ६ रनमा क्रिजमा छन् । त्यसअघि उसका रोए बुर्नसले ४९ रन बनाए भने डम सिब्ले ११ रन बनाएर आउट भए।

भारतका मोहम्मद रिसाजले २ विकेट लिए भने मोहम्मद सामीले १ विकेट लिए।

यसअघि २७६–३को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको भारतले थप ८८ रन बनाउँदा ७ विकेट गुमाएको थियो । उसका लागि केलएल राहुलले शतकीय योगदान दिए । उनले १२९ रनको योगदान दिए।

यस्तै, रोहित शर्माले ८३, कप्तान विराट कोहलीले ४२, रविन्द्र जडेजाले ४० र ऋषव पन्तले ३७ रनको योगदान दिए । इंग्ल्यान्डका जेम्स एन्डरसनले ५ तथा ओली रोबिन्सन र मार्क उडले समान २ विकेट लिए।