टुसालबाट थ्री स्टारले भित्र्यायाे गोलकिपर रोशन गुरुङ

टुसाल युथ क्लबबाट बी डिभिजन लिग खेलेका गोलपिकर रोशन गुरुङ ए डिभिजन क्लब थ्री स्टारमा अनुबन्धित भएका छन्। थ्री स्टाले रोशनलाई आसन्न ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि रोशनलाई अनुबन्धन गरेको हो।

रोशन थ्री स्टारमा आबद्ध भएको उसले फेसबुकमार्फत जानाएको छ। रोशनले थ्री स्टारसँग आइतबार सम्झौता गरेका छन्।

सन् २०१६ मा सानोगौचरण युथ क्लबबाट सी डिभिजन खेल्दै फुटबल करिअर शुरु गरेका रोशनले त्यसपछि प्लानिङ ब्वाइजबाट सी डिभिजन नै खेलेका थिए । उनले अघिल्लो संस्करण बी डिभिजन लिग टुसाल युथ क्लबबाट खेलेका थिए ।

कात्तिक २९बाट सुरु हुने ए डिभिजन लिगका लागि थ्री स्टारले नयाँ खेलाडीका रुपमा युवा विंगर आयुष घलान र डोना थापालाई अनुबन्धन गरेको छ भने विदेशी खेलाडी डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई पनि अनुबन्धन गरेको छ ।

यस्तै, उसले कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्का, निशान लिम्बू, आशोक खवास, निराजन महर्जनलगायतसँग सम्झौता नवीकरण गरेको छ।