°
, June 4, 2023 in

तीनै फर्म्याटमा भारतीय टिमको कप्तानी रोहितले गर्ने

SHARE:

विस्फोटक ब्याट्सम्यान रोहित शर्मा भारतीय क्रिकेट टिमको तीनै फर्म्याटको कप्तान बनेका छन्।

शनिबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले रोहितलाई टेस्ट टिमको कप्तान बनाएसँगै उनले तीनै फर्म्याटमा भारतीय टिमको नेतृत्व गर्ने भएका हुन्। रोहित भारतीय टिमका ३५औं टेस्ट कप्तान हुन्।

बिसिसिआईले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि रोहितलाई कप्तान बनाएको हो। दक्षिण अफ्रिका भ्रमणमा खराब प्रदर्शन गरेपछि विराट कोहलीले राजिनामा दिएपछि भारतीय टेस्ट टिममा कप्तान पद रिक्त थियो।

कोहलीले त्यसअघि नै टि–२० र एकदिवसीय टिमको कप्तानी छाडिसकेका थिए। गत वर्ष भएको टि–२० विश्वकप लगत्तै नियमित कप्तान विराट कोहलीले टि–२० टिमको कप्तानी छाडेका थिए भने लगत्तै बिसिसिआईले कोहलीलाई एकदिवसीइ टिमको कप्तानबाट हटाएको थियो ।

त्यसपछि बिसिसिआईले रोहितलाई टि–२० र एकदिवसीय टिमको कप्तान बनाएको थियो।

यसैबीच बिसिसिआईले श्रीलंकाविरुद्ध टि–२० र टेस्ट सिरिजका लागि टिम पनि घोषणा गरेको छ। टि–२० टिममा बिसिसिआईले पूर्वकप्तान विराट कोहली र विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तलाई आराम दिँदा सन्जु सामसनले टिममा पुनरागमन गरेका छन्।

यस्तै, बिसिसिआईले टेस्ट टिममा चेतेश्वर पुजारा र अजिन्का रहानेलाई ड्रप गरेको छ । उनीहरुको स्थानमा प्रियंक पञ्चल, केएस भारत र सौरभ कुमारले मौका पाएका छन्।

भारतले श्रीलंकाविरुद्ध तीन खेलको टि–२० सिरिज र २ खेलको टेस्ट सिरिज खेल्ने छ। टि–२० सिरिज २४ फेब्रुअरी र टेस्ट सिरिज ४ मार्चबाट सुरु हुनेछ।

टि–२० टिमः रोहित शर्मा, ऋतुराज गायकवाड, इशान किशान, सूर्यकुमार यादव, श्रेयस एय्यर, सञ्जु सामसन, बैंकटेस एय्यर, रविन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चलह, रवि विश्नोइ, जस्प्रित बुमराह, दीपक चहर, भुवनेश्वर कुमार, हर्षल पटेल, मोहम्मद सिराज, आभेष खान।

टेस्ट टिमः रोहित शर्मा, मायंक अग्रवाल, प्रियांक पञ्चाल, विराट कोहली, श्रेयस एय्यर, हनुमान बिहारी, शुभमन गिल, ऋषव पन्त, केएस भारत, रविचन्द्रन आविश्वन, रविन्द्र जडेजा, जयन्त यादव, सौरभ कुमार, कुलदीप यादव, जस्प्रित बुमराह, उमेश यादव, मोहम्मद सामी, मोहम्मद सिराज।

SHARE: